Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुनसरीमा गोली हानी सफारी चालकको हत्या

सुनसरीमा गोली हानी सफारी चालकको हत्या

शनिवार , आश्विन २५, २०८२

विराटनगर । सुनसरीमा एक जनाको गोली हानी हत्या गरिएको छ । एकान्त ठाउँमा सिटि चलाउँदै गरेका ब्यक्तिलाई मोटरसाईकलमा आएका ३ जनाको समूहले गोली हानेको प्रहरीले जनाएको छ

रामधुनी वडा नम्बर -३ शिवनगरका दिनेश चौधरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलमा पुगेका प्रहरीले शरीरमा चोटपटक देखिएको र रगताम्य अवस्थामा शव फेला परेको जनाएको छ।

सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेवेले मृतकको छातीमा चोट देखिएको बताएका छन् । उनले गोली हानिएको विषयमा चाहिँ अनुसन्धान भइरहेको बताए ।

गोली हान्ने तीनजना फरार रहेका छन् । उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077