Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मन्त्रिपरिषद् विस्तार हुँदै, आज चार नयाँ मन्त्री थपिने

मन्त्रिपरिषद् विस्तार हुँदै, आज चार नयाँ मन्त्री थपिने

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतल निवासमा आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ । आज ४ जना नयाँ मन्त्री थपिने लागेका हुन् ।

थपिने मन्त्रीहरूमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।

इङ्नामलाई भूमि, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल १० सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीसहित आठवटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएकी छन् ।

सरकार गठन भएको करिब तीन महिना पुग्न लाग्दा प्रधानमन्त्री कार्कीको नेतृत्वमा शुक्रबार सरकार पाँचौँ पटक पुनर्गठन हुन लागेको हो ।

२०८२ भदौ २७ गते गठन भएको सरकार भदौ ३०, असोज ६ र कार्तिक ९ गते गरी चार पटक विस्तार भइसकेको छ ।

जस अनुसार रामेश्वर प्रसाद खनालले अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, ओमप्रकाश अर्यालले गृह मन्त्रालय, अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेका छन् । यस्तै महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुधा गौतमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077