Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् विस्तार: श्रममा रामजी यादव र उद्योगमा गौरी यादव

मन्त्रिपरिषद् विस्तार: श्रममा रामजी यादव र उद्योगमा गौरी यादव

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

जसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्।

नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन्। गौरीकुमारी महोत्तरी-४ र रामजी सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

शपथ ग्रहणलगत्तै उनीहरूले आ-आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन्।

प्रधानमन्त्री शाहले यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी आफैले राख्दै आएका थिए । श्रममन्त्री दीपक साहलाई भने प्रधानमन्त्री शाहले हिजो मात्रै पदमुक्त गरेका थिए । यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077