काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार वन तथा वातावरण मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गरी आज चार मन्त्री थपिँन लागेका हुन् ।
जसअनुसार कुमार इङनामलाई भूमि, माधव चौलागाईँलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइनेछ।
भण्डारी नेपाल प्रहरीको एआईजी पदबाट अवकाश प्राप्त हुन् भने श्रेष्ठ पर्यटन बोर्डकी पूर्व वरिष्ठ प्रबन्धक हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई आजै दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ खुवाउने तयारी गरिएको छ ।
यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो। ९ कात्तिकमा तेस्रोपटक गरिएको पुनर्गठनपछि डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बनेका थिए। चौथोपटक विस्तारपछि मन्त्रिपरिषद् १४ सदस्यीय हुने भएको छ।