Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जेनजी युनाइटेडद्वारा गभर्नर पौडेललाई बर्खास्त गर्न माग, अर्थमन्त्री खनाललाई ज्ञापनपत्र

जेनजी युनाइटेडद्वारा गभर्नर पौडेललाई बर्खास्त गर्न माग, अर्थमन्त्री खनाललाई ज्ञापनपत्र

आइतवार , मंसिर २८, २०८२

काठमाडौं। जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

जेनजी युनाइटेडका संयोजक जनक परियारले अर्थमन्त्री रामेश्वर खनाललाई आज ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐन–२०५८ (पहिलो संशोधन २०६३) को दफा १५ अनुसार गभर्नर नियुक्तिका लागि सिफारिस समितिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु वा डेपुटी गभर्नरहरूमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्म सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि डा. पौडेलको सिफारिस ऐनविपरीत भएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा डा.पौडेलको शैक्षिक योग्यता र अनुभव पनि राष्ट्र बैंक ऐनअनुसार गभर्नर बन्न उपयुक्त नरहेको समेत उल्लेख छ ।

साथै जेनजी युनाइटेडले बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण रोक्न, अनधिकृत ब्याज फिर्ता गर्न, राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउन, वैदेशिक ऋणको दुरुपयोग रोक्न लगायतका माग राखेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077