Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

गभर्नर पौडेल भन्छन् - आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन राष्ट्र बैंक प्रतिबद्ध छ

गभर्नर पौडेल भन्छन् - आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन राष्ट्र बैंक प्रतिबद्ध छ

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्र बैंकको ७१औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले सरल नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य रहेको स्पष्ट पारे ।

गभर्नर पौडेलले पछिल्लो समय पश्चिम एसियामा भइरहेको द्वन्द्वले विश्व अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्न सक्ने प्रभावबारे सतर्क रहनुपर्ने आवश्यकता औंल्याए ।

उनले आपूर्ति अवरोध, इन्धन मूल्यमा उतारचढाव तथा बढ्दो भूराजनीतिक तनावले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको बताए।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदन २०८१/८२ अनुसार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सन् २०२६ अप्रिलको अद्यावधिक ‘वल्र्ड इकोनोमिक आउटलुक’ ले पनि विश्व अर्थतन्त्र जोखिम र अनिश्चितताबीच रहेको संकेत गरेको छ।

कार्यक्रममा पूर्वगभर्नर युवराज खतिवडा ले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने आधार आन्तरिक उत्पादनशीलता नै भएको उल्लेख गरे। 'देशको अर्थतन्त्र मोटाएको छैन, सुन्निएको हो,' उनले भने, 'बाह्य स्रोतले देखिने सुधार दीर्घकालीन हुँदैन।'

उक्त कार्यक्रममा उत्कृष्ट एक र अन्य सात कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने २० वर्ष सेवा पूरा गरेका १७ कर्मचारीलाई दीर्घकालीन सेवा सम्मान प्रदान गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077