Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री घिसिङको निर्देशन - कामदार थपेर भएपनि नागढुङ्गा–मुग्लिन सडक चाँडो निर्माण गर्नू

मन्त्री घिसिङको निर्देशन - कामदार थपेर भएपनि नागढुङ्गा–मुग्लिन सडक चाँडो निर्माण गर्नू

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले नागढुङ्गा–मुग्लिन सडक आयोजनाको निर्माण कार्य तत्काल तीव्र पार्न निर्देशन दिएका छन् ।

निर्माणाधीन सडकको आइतबार साँझ अनुगमन गर्दै उनले अपेक्षित प्रगति नदेखिएको भन्दै समयमै आयोजना सम्पन्न हुने गरी कामको स्पष्ट मोडालिटी बनाउन निर्देशन दिएका हुन् ।

अनुगमनका क्रममा मन्त्री घिसिङले हालको निर्माण गति सन्तोषजनक नरहेको उल्लेख गर्दै कामदारको संख्या तत्काल बढाउन निर्देशन दिए। आयोजनालाई तोकिएको समयमै सक्न आवश्यक परे रातिको समयमा समेत काम सञ्चालन गर्न सम्बन्धित निकायलाई उनले स्पष्ट आदेश दिए।

सडक विस्तार र स्तरोन्नतिमा अवरोध सिर्जना गरिरहेका विद्युतिय पोलहरू तत्काल हटाउन तथा आवश्यक समन्वयमार्फत समस्या समाधान गर्नसमेत मन्त्री घिसिङले निर्देशन दिए ।

उनले आयोजना ढिलाइका कारण सर्वसाधारणले दैनिक भोग्दै आएको सास्तीप्रति सरकार गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित समयभित्रै काम सम्पन्न गर्न जोड दिए।

मन्त्री घिसिङले निर्माण कम्पनी, आयोजना व्यवस्थापन टोली र सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको भन्दै ढिलासुस्ती र लापरबाही सह्य नहुने चेतावनीसमेत दिए। 'अब बहानाबाजी होइन, परिणाम देखिने काम चाहिन्छ,' उनले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077