एजेन्सी । अस्ट्रेलियाको बोन्डी बिच भन्ने स्थानमा आइतबार भएको गोलीकाण्डमा मारिनेको संख्या १५ पुगेको छ ।
न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले गोली लागेर १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकमा एक आक्रमणकारी पनि छन् ।
प्रहरी आयुक्त माल लानियोनले आक्रमणकारीहरू बुबा र छोरा भएको बताए। बुबा ५० वर्ष र छोरा २४ वर्षका छन्।प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको छ भने २४ वर्षीय छोरा गम्भीर घाइते भएका छन्।
बीबीसीका अनुसार घटनास्थलबाट ड्युटीमा रहेका प्रहरी अधिकारीहरूसहित ४२ जनालाई अस्पताल लगिएको छ।
प्रहरीले आक्रमणकारी ५० वर्षीय व्यक्तिसँग हतियारको लाइसेन्स रहेको पाइएको बताएको छ । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको पुष्टि गरेको छ ।