Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सिकारीको बन्दुक पड्किँदा साथिको मृत्यु

सिकारीको बन्दुक पड्किँदा साथिको मृत्यु

सोमवार , मंसिर २९, २०८२

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जंगलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ।

जंगलमा मकवानपुरको राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उनीसँगै सिकार गर्न हिँडेका मनहरी गाउँपालिका–६ बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार ब्लोन र सेते दुवै जनासँगै एकएक थान भरुवा बन्दुक बोकेर जंगलमा सिकार गर्न हिँडेकामा अगाडि हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लडेपछि अचानक बन्दुक पड्किएको र पछिपछि आइरहेका थिङको बन्दुकको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो।

घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

मृतकको परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077