काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
केपी शर्मा ओली समूह छाडेर उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरू बराल र पृथ्वीसुब्बा गुरूङको नाम टुंगो लागेको छ । तर पन्त ओली समूह परेनन् ।
उपाध्यक्षमा आफ्नो नाम समावेश नभएपछि ओलीनिकट पन्त ईश्वर समूहबाट उपाध्यक्षको उम्मेदवार बनेका हुन् ।
ईश्वरको टीममा उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ । त्यसमा एक जना बढी भएकाले पछि छलफल गरेर मिलाइने बताइएको छ ।