Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

केन्द्रीय सदस्यमा मत माग्दै प्रदीप ज्ञवालीले भने - मन र मत दुवै पाउने विश्वास छ

केन्द्रीय सदस्यमा मत माग्दै प्रदीप ज्ञवालीले भने - मन र मत दुवै पाउने विश्वास छ

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पार्टी केन्द्रीय कमिटी सदस्य पदका लागि प्रतिनिधिहरूसँग मत मागेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आफू मात्र होइन, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको समग्र टिमलाई पनि विजयी गराउन अपिल गरेका हुन् ।

११औँ महाधिवेशनको सन्दर्भमा ज्ञवाली ओली टिमबाट महासचिवका आकांक्षी थिए। तर अध्यक्ष ओलीले महासचिवमा शंकर पोखरेललाई उम्मेदवार बनाएपछि ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवारी प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव अस्वीकार गर्दै ज्ञवालीले सोमबार केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दर्ता गराएर भृकुटीमण्डपबाट बाहिरिएका थिए ।

फेसबुक स्ट्याटसमा ज्ञवालीले महाधिवेशनले पार्टीको आन्तरिक जीवन मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिमा समेत दूरगामी प्रभाव पार्ने उल्लेख गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई शानदार मतका साथ विजयी गराउन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन्।

‘म सधैं तपाईंहरूकै बीचमा छु, त्यहीँ रहन्छु। यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु। कमरेडहरूबाट मन र मत दुवै पाउने विश्वास लिएको छु,’ ज्ञवालीले लेखेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077