Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ भन्ने यक्षप्रश्न यथावत् छ: प्रदीप ज्ञवाली

मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ भन्ने यक्षप्रश्न यथावत् छ: प्रदीप ज्ञवाली

मंगलवार , पौष १५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण बन्न नसकेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भगाइएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीहरूको कमजोर मनोबलाका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ ? भन्ने यक्षप्रश्न यथावत् रहेको बताए ।

उनले भने- 'फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएको छ । र एकातिर प्रतिनिधि सभाका बहुसंख्यक सदस्यहरुले प्रतिनिधिसभा विघटनाका विरुद्ध उठाएका गम्भीर प्रश्नको संवैधानिक र न्यायिक परीक्षण हुन बाँकि नै छ । अर्कोतिर भगाइएका हजारौँ कैदी, लुटिएका सयौँ आधुनिक हतियार र सुरक्षाकर्मीहरूको कमजोर मनोबलका कारण सिर्जित सुरक्षा चुनौतीका बिचमा भयरहित निर्वाचन कसरी सम्भव हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत् नै छ ।'

नेता ज्ञवालीले फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएपनि विघटित प्रतिनिधि सभाका बहुमत सांसदहरुले विघटनविरुद्ध उठाएका प्रश्नको संवैधानिक तथा न्यायिक परीक्षण हुन पनि बाँकि रहेको अवस्था आएकाले निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जिकीर समेत गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077