Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रात्रीकालीन सडक दुर्घटना न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा ट्राफिक सचेतना अभियान

रात्रीकालीन सडक दुर्घटना न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा ट्राफिक सचेतना अभियान

बुधवार , पौष २, २०८२

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रातको समयमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न विशेष सचेतना अभियान सुरु गरेको छ ।

पछिल्लो समय उपत्यकामा रात्रिकालीन सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले यो अभियान अघि बढाएको हो ।

अभियानबारे जानकारी दिँदै उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले दिउँसोको तुलनामा रातिको समयमा दुर्घटनाको जोखिम बढी रहने बताए ।

उनका अनुसार राति सडक तुलनात्मक रूपमा खाली हुने भएकाले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्ने गरेको छ।

यसलाई नियन्त्रण गर्न रात्रीकालीन चेकजाँच, मादक पदार्थ सेवन (ड्रङ्क ड्राइभ) परीक्षण र चालक तथा यात्रुलाई लक्षित सचेतनामूलक कार्यक्रम कडाइका साथ सञ्चालन गरिएको एसएसपी अधिकारीले जानकारी दिए ।

ट्राफिक प्रहरीले यो अभियानले रातको समयमा हुने यात्रालाई थप सुरक्षित बनाउने विश्वास व्यक्त गर्दै सबै सवारी चालकलाई नियम पालना गर्न र सुरक्षित यात्रामा सहयोग गर्न आग्रह गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077