Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रहरीकै गाडीलाई ट्राफिकले काट्यो चिट

प्रहरीकै गाडीलाई ट्राफिकले काट्यो चिट

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । नियम कार्यान्वयनमा निष्पक्षता देखाउँदै ट्राफिक प्रहरीले प्रहरीकै सवारीसाधनलाई कारबाही गरेको छ।

जिल्ला ट्राफिक कार्यालय कास्कीले सडकमा जथाभावी पार्किङ गरिएको ग १ झ ५७१ नम्बरको सवारीसाधनलाई कारबाही गरेको जनाएको छ।

उक्त सवारीसाधन प्रहरीकै भएको पुष्टि भएपछि पनि नियम उल्लंघनमा छुट नदिइएको हो।

ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत प्राप्त सूचनाका आधारमा कारबाही प्रक्रिया अघि बढाएको बताउँदै कानुन सबैका लागि बराबर लागू हुने स्पष्ट पारेको छ।

साथै, सुरक्षा निकायका सवारीसाधनले समेत ट्राफिक नियम पालना गर्नुपर्ने भन्दै अव्यवस्थित पार्किङ नगर्न आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077