Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरी बलको विभिन्न पदमा दरखास्त आह्वान

सशस्त्र प्रहरी बलको विभिन्न पदमा दरखास्त आह्वान

शुक्रवार , पौष ४, २०८२

काठमाडौं, सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दुई सय नौ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

आवेदनमा सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ९चिकित्सक० र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदमा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नेपाली नागरिकले पुष ११ गतेदेखि माघ ११ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर माघ १२ गतेदेखि माघ २१ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077