Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा

सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गरेको छ । 

गत वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त ७ पदमा एसएसपी बढुवाका लागि सिफारिस गरेको थियो ।

बढुवा समितिको सिफारिसअनुसार गृह मन्त्रालयले उनीहरूलाई एसपीबाट एसएसपीमा बढुवा गरेको हो । 

बढुवा हुनेमा दीपककुमार थापा, सुधीर सुबेदी, महेश केसी, प्रकाशकुमार सुबेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की रहेका छन् ।

यसअघि आजै गृह मन्त्रालयले सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । 

गत वैशाख ११ गते बसेको बढुवा समिति बैठककै सिफारिसका आधारमा ६ जना एसएसपी डीआईजीमा बढुवा भएका छन् ।

बढुवा भएका सबैलाई सोमबार सशस्त्र प्रहरीको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिने छ । 

उनीहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले फुली लगाइदिने भएका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077