Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय, जनही १ करोड ६४ लाख जरिवाना

इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय, जनही १ करोड ६४ लाख जरिवाना

आइतवार , पौष ६, २०८२

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १७–१७ वर्षको जेल सजाय सुनाएको छ ।

पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार उनीहरुलाई जनही एक करोड ६४ लाख रुपैयाँ जरिवानासहित जेल सजाए सुनाएको हो ।

जरिवाना नतिरे थप जेल सजाय भोग्नुपर्नेछ। हाल इमरान खान रावलपिन्डीस्थित अडियाला जेलमा बन्दी छन्।

अदालतले इमरान खानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्ष तथा भ्रष्टाचार रोकथाम ऐनको धारा ५(२) अन्तर्गत थप सात वर्ष गरी कुल १७ वर्षको सश्रम कारावासको सजाय सुनाएको हो ।

उनकी पत्नी बुसरा बिबीलाई पनि सोही प्रावधानअनुसार समान सजाय सुनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077