Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

आइतवार , पौष ६, २०८२

महेन्द्रनगर । दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ ।

गएको शुक्रबार (पुस ४) कैदीबन्दी र नाइकेबीच कारागारभित्र झडप हुँदा आठजना घाइते भएका थिए । घाइतेमध्ये दुई कैदीबन्दी कारागार फर्किएका छन् । महाकाली प्रादेशिक अस्पतालमा ६ जनाको उपचार हुँदै छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागार घटनाको यथार्थ बझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

समितिमा जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन् । समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिए ।

'आज पनि कारागारको अनुगमनमा जाँदै छौँ,' उनले भने, 'घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत पेस गर्ला ।'

नाइकेहरूले कारागारभित्र एकाधिकार गरेको आरोपसहित कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरूले आफूहरूले पाउने सेवा सुविधामा आर्थिक चलखेल र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077