Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सर्वपक्षीय बैठकमा राजेन्द्र पाण्डेले भने– मन्त्रीहरुकै कारण चुनाव भाडिँदैछ

सर्वपक्षीय बैठकमा राजेन्द्र पाण्डेले भने– मन्त्रीहरुकै कारण चुनाव भाडिँदैछ

सोमवार , पौष ७, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्न राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाज र सुरक्षा निकायसँगको बैठकमा पाण्डेले उक्त कुरा उठाएका हुन् ।

अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने बताए ।

उनले भने- 'यो निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकाको हो । तपाईंहरुका बोलीले निर्वाचन भाँडिँदै छ । किन बोल्नुपर्छ र रु मैले मन्त्रीहरुलाई भन्ने गरेको छु, म पनि मन्त्री भएर बिताएको छु । मन्त्रीहरु भनेको बलेँनी जस्तै हो । बलेनीको ढुंगा जस्तो हो मन्त्री भनको बाहिर जानेले पनि टेक्छ र भित्र जानेले पनि टेक्छ। ऐया भन्न पाइँदैन । त्यस्तै मुख बन्द गरेर काम गर्नुस् ।'

मन्त्रीहरुले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्ने भएको बताए ।

साथै उनले निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्ने बताउँदै निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077