Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन पूर्वगृहमन्त्री लेखकलाई कांग्रेस नेताहरूको सुझाव

जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन पूर्वगृहमन्त्री लेखकलाई कांग्रेस नेताहरूको सुझाव

बुधवार , पौष ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जेनजी आन्दोलन जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री रमेश लेखकले बयान दिने वा नदिने विषयमा गम्भीर छलफल भएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आयोगले लेखकलाई बयानका लागि पत्र पठाएको प्रसंगमा छलफल भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

उनका अनुसार बैठकमा सहभागी नेताहरूले आयोगमा उपस्थित भएर बयान दिनु उपयुक्त हुने सुझाव दिएका छन्।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाइसकेको छ। तर लेखकले भने आयोगमा जाने वा नजानेबारे अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077