Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल ट्रष्ट जग्गा लिज प्रकरणमा सचिव कार्कीलाई ६ लाख र लेखबहादुरलाई १० लाख धरौटीमा छाड्न आदेश

नेपाल ट्रष्ट जग्गा लिज प्रकरणमा सचिव कार्कीलाई ६ लाख र लेखबहादुरलाई १० लाख धरौटीमा छाड्न आदेश

बुधवार , पौष ९, २०८२

काठमाडौं । नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा ठगी र आपराधिक लाभको आरोपमा पक्राउ परेका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई जिल्ला अदालत काठमाडौंले ६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बुधबार अदालतले कार्कीलाई धरौटीमा छाड्न आदेश दिएको हो। त्यस्तै, सोही प्रकरणमा पक्राउ परेका ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीबाट अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले करिब दुई महिना लामो अनुसन्धानपछि नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थामसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पाविरुद्ध ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो।

सीआईबीका अनुसार ट्रस्टको बहुमूल्य जग्गा लिज प्रक्रियामा अनियमितता गरी राज्यलाई हानी पुर्‍याउने र निजी लाभ लिने उद्देश्यले मिलेमतो भएको आशंकामा अनुसन्धान गरिएको हो। अदालतको आदेशसँगै दुवै पक्षलाई तोकिएको धरौटी बुझाएर तारिखमा बस्ने व्यवस्था मिलाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077