Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

निर्वाचनका लागि विश्वसनीय वातावरण बनोस् : धनराज गुरुङ

निर्वाचनका लागि विश्वसनीय वातावरण बनोस् : धनराज गुरुङ

बिहिवार , पौष १०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकमा निर्वाचनका लागि विश्वसनीय वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले मुलुकमा ढुक्क भएर चुनावमा जान सक्ने अवस्था नबनेको बताए।

'अहिले निर्वाचनको विश्वसनीय वातावरण बनिसकेको छैन,' उनले भने, 'त्यसैले सरकारको अर्जुनदृष्टि यहीतर्फ हुनुपर्छ।'

उपसभापति गुरुङले निर्वाचनको वातावरण नबनेकै कारण संसद् पुनःस्थापनाको आवाज उठ्न थालेको उल्लेख गरे।

उनका अनुसार जनतामा भरोसा जगाउने गरी निष्पक्ष, स्वतन्त्र र विवादरहित चुनावको तयारी आवश्यक छ।

उनले सबै राजनीतिक दल मिलेर निर्वाचनतर्फ जानुपर्नेमा जोड दिँदै भने, 'चुनाव निर्विवाद हुनुपर्छ, त्यसका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारकै हो।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077