Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन शाह र खगेन्द्र सुनारबीच भेटवार्ता

बालेन शाह र खगेन्द्र सुनारबीच भेटवार्ता

बिहिवार , पौष १०, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारबीच भेटवार्ता भएको छ ।

ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरिरहेका बालेनलाई भेट्न सुनार त्यहीँ पुगेका हुन्।

त्यस क्रममा राजनीतिक कुराकानी भएको सुनारले जानकारी दिए ।

आजै बालेनले ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू, कांग्रेस नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बमसहित जेनजी प्रतिनिधिलगायतसँग भेट गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077