Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलन घटनाबारे पूर्वगृहमन्त्री लेखक आज आयोगमा बयान दिने

जेनजी आन्दोलन घटनाबारे पूर्वगृहमन्त्री लेखक आज आयोगमा बयान दिने

सोमवार , पौष १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको घटनाको सम्बन्धमा छानबिन गरिरहेको जाँचबुझ आयोगमा उपस्थित भएर आज बयान दिने भएका छन् ।

आयोगले सोधपुछका लागि बोलाएपछि लेखक सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

आयोगले यसअघि नै पुस ८ गते बयानका लागि बोलाएको भए पनि सोही प्रक्रियालाई निरन्तरता दिँदै आज औपचारिक रूपमा उनको बयान लिन लागिएको हो ।

सचिवालयका अनुसार लेखकले आयोगसमक्ष आफूलाई थाहा भएका विवरण र घटनाको वस्तुस्थितिबारे प्रष्ट पार्नेछन्। जेनजी आन्दोलनका क्रममा भएका विशेष घटनाहरूको सत्यतथ्य पत्ता लगाउने उद्देश्यका साथ आयोगले छानबिन गरिरहेको छ।

यसैबीच, आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077