Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट शर्मा र पोखरेलको इजलासमा जारी

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट शर्मा र पोखरेलको इजलासमा जारी

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि जारी छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यो रिटमाथि भएको सुनुवाइ हेर्दाहेर्दैमा राखेको थियो ।

आज पनि शर्मा र पोखरेलको इजलासमा ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ चलिरहेको छ ।

जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको थियो । 

त्यसपछि गैेर कानुनी रुपमा पक्राउ गरिएको भन्दै ओलीका हकमा पत्नी राधिका शाक्य र लेखकको हकमा पत्नी यशोधा लेखकले रिट दायर बन्दी प्रत्येक्षीकरणको रिट दायर गरेका थिए ।

यसअघि भएको सुनुवाइमा सर्वोच्चले ओली र लेखक पक्राउ गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको थियो ।

यता ओली र लेखकको काठमाडौं जिल्ला अदालतबाट तेस्रोपटक ५ दिनका लागि म्याद थपिएको छ ।

दुवैजनालाई हिरासतमा राखेर अनुसन्धानका लागि यसअघि ५ र २ दिन गरी ७ दिन म्याद थप गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077