Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भदौ २३ मा मैले गोली चलाउने आदेश दिएको छैन : रमेश लेखक (बयानको पूर्णपाठसहित)

भदौ २३ मा मैले गोली चलाउने आदेश दिएको छैन : रमेश लेखक (बयानको पूर्णपाठसहित)

सोमवार , पौष १४, २०८२

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटना नियोजित भएको बताएका छन् । जाँचबुझ आयोगमा बयान दिँदै उनले भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिए पनि २४ गतेको घटना भने नियोजित भएको बताएका हुन् ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको समेत उनले बयान दिएका छन् ।

तत्कालिन गृहमन्त्री लेखकले आज बयान दिंदै भनेका छन्–‘गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको नाताले त्यस दुःखद् घटनाबाट म अत्यन्त मर्माहत भएँ । ठूलो पीडाबोध भएकाले देशको गृहमन्त्रीको पदमा रहेको व्यक्तिले पदीय नैतिक जिम्मेवारी बोक्नु पर्दछ भन्ने दृढ संकल्पका साथ नैतिकताका आधारमा तत्काल घटनाको नैतिक जिम्मेवारी लिइ राजीनामा गरेको हुँ । म अहिले पनि भन्छु भाद्र २३ को घटना हुँदा म देशको गृहमन्त्री थिएँ, मैले गृहमन्त्रीका हैसियतले काम गर्दा सदैव नेपालको संविधान, प्रचलित अन्य कानून, गृह मन्त्रालयको जिम्मेवारीसँग सम्बन्धित सरकारका नीतिभित्र रहेर असल मनशायका साथ काम गरेको छु र यी सबै विषयका साथै मेरो व्यक्तिगत र पदीय नैतिक जिम्मेवारीलाई कहिल्यै बिर्सिएको छैन ।’

तर आफ्नो राजीनामापछि भदौ २४ गते भएका हिंसात्मक घटना राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्रविरुद्ध भएको र कुनै पनि देशभक्त नेपालीले कल्पना गर्नै नसक्ने कुरा भएको उनले बयानमा भनेका छन् ।

राष्ट्रका प्रमुख निकायहरु सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनसहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना आफूले कहिल्यै गर्न नसक्ने उनले बताएका छन् ।

उनले भनेका छन्–‘लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तका प्रतिनिधि संस्थामाथिको आक्रमण जेन–जी पुस्ताको सोच र योजना भन्दा बिल्कुल बाहिरको विषय हो भन्ने म ठान्दछु । यो नियोजित षडयन्त्र नै थियो । यो राष्ट्र र लोकतन्त्रमाथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याइ छ,ु बयानमा उनले अगाडि भनेका छन् ।’

यसैबीच निवर्तमान गृहमन्त्री लेखकले जेनजी आन्दोलनको क्रममा आफूले गोली चलाउने आदेश नदिएको पनि दाबी गरेका छन् ।

आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने–‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने, कुनै खालको लिखित मौखिक आदेश दिएको छैन । दिनुपर्ने कारण छैन । दिनुपर्ने कानुनी व्यवस्था छैन ।’

उनले आफू अत्यन्तै पीडामा परेर पदीय मर्यादाको आधारमा राजीनामा दिएको बताउँदै भने–‘कति बल प्रयोग गर्ने, कसरी गर्ने के गर्ने भन्ने छैन भनेको छैन । दिएको छैन । तर म अत्यन्तै ज्याद मर्माहित भएर पदीय मर्यादाको आधारमा राजीनामा गरेको हुँ । नैतिकताको आधारमा मैले राजीनामा गरेँ ।’

उनले थप प्रश्न गर्दै भनेका छन्–‘मैले मान्छेलाई मार भनेर आदेश दिनसक्छु ? त्यस्तो गलत कर्म म बाट हुन्छ ? हुँदैन ।’

यस्तो छ लेखकको बयानको पूर्णपाठ

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077