Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वास्थ्य परीक्षण शुल्क विवादमा मुछिएका श्रम मन्त्रालयका सचिव पुस्कर हटाइए

स्वास्थ्य परीक्षण शुल्क विवादमा मुछिएका श्रम मन्त्रालयका सचिव पुस्कर हटाइए

मंगलवार , पौष १५, २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई मन्त्रालयबाट हटाइएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी विवादमा मुछिएपछि उनलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको हो । उनको स्थानमा राष्ट्रपति कार्यालयमा कार्यरत दीपक काफ्लेलाई ल्याइएको छ ।

स्रोतका अनुसार स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णयमा प्रधानमन्त्री सुशीला कार्कीलाई झुक्याएर हस्ताक्षर गराएको आरोप लागेपछि पुस्करलाई कारबाहीस्वरूप सरुवा गरिएको छ । सचिव पुस्करले मेडिकल व्यवसायीको स्वार्थमा लागेर निर्णय गराएको आरोपसमेत लागेको छ ।

प्रधानमन्त्री कार्कीले गत २० कात्तिकमा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको नवीकरण तथा सूचीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी थिइन्। तर सो निर्णयभित्रै प्रति कामदार तीन हजार रुपैयाँ स्वास्थ्य परीक्षण शुल्क बढाउने व्यवस्था लुकाइएकाले विवाद चुलिएको थियो।

विषय सार्वजनिक भएपछि मन्त्रालयले शुल्क वृद्धि गर्ने निर्णय खारेज गरेको छ । साथै, उक्त निर्णय प्रक्रियामा सचिव पुस्करको भूमिकाबारे आन्तरिक छानबिनसमेत सुरु गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077