Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले बनाएका श्रममन्त्री साह ठगीमा पक्राउ परेका नक्कली डाक्टर रहेको नेपाल प्रहरीकै खुलासा

बालेनले बनाएका श्रममन्त्री साह ठगीमा पक्राउ परेका नक्कली डाक्टर रहेको नेपाल प्रहरीकै खुलासा

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं  । जेनजी आन्दोलनपछि सुशासनको नारा दिएर गठन भएको नयाँ सरकारका एक मन्त्रीको पृष्ठभुमी विवादास्पद भेटिएको छ । श्रममन्त्री बनेका दिपक कुमार साह विगतमा गम्भीर प्रकृतिको ठगीमा पक्राउ परेका व्यक्ति हुन् । 

एमविविएस परीक्षामा पास गराईदिने भनी  उनले ठगी गरेका थिए । पुतलीसडकमा रहेको वल्र्ड वाईड कन्सल्टेन्सीका नाममा उनले ठगी गरेका थिए। जून घटनामा उनलाई तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो।

त्यतीबेला उनी २६ वर्षका थिए। उनीसहित सिन्धुली आम्बोटे–९ घर भएका २५ बर्षीय गणेश अधिकारीलाई पनि त्यसबेला प्रहरीले सँगै पक्राउ गरेको थियो। 

स्रोतका अनुसार साहले आफुलाई चिकित्सक भएको भनेर भ्रममा पारी ठगी गरेका थिए।  उनीहरुले विभिन्न डाक्टरहरुसँग राम्रो चिनजान रहेकोले  काठमाडौँ विश्व विद्यालयबाट हुने एमविविएस परीक्षामा पास गरीदिन्छु तर पैसा लाग्छ भनी विश्वास दिलाई सायसा पन्तलाई २ लाख ठगी गरेका थिए।

पास गराउन नसक्ने एकिन भएपछि पीडितहरुले उनीविरुद्ध महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए ।अधिकारीले रकम बागेर्निङ गरी २ लाखको चेक लिए पश्चात अब काम हुन्छ, ढुक्क हुनुहोस भन्ने जस्ता आश्वासन दिदै गरेको अवस्थामा २०७२ को असोज १२ गते महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

त्यतीबेला प्रहरीले जारी गरेको बिज्ञप्तिमा भनिएको थियो,‘निज गणेश अधिकारीले उक्त काम संचालक दिपक कुमार साह मार्फत हुने बताएपछि प्रहरीले असोज १३ गते टेकुबाट साहलाई समेत पक्राउ गरेको हो ।

दुवै जनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि असोज १४ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ । साथै निज दिपक कुमार साहले आफुलाई डाक्टर बताई ठगी गर्ने गरेको देखिएकोमा निज बास्तविक डाक्टर नभएको समेत खुल्न आएको छ ।’ 

यस्तो विवादास्पद पृष्ठभुमीका शाह अहिले बालेन नेतृत्वको सरकारमा श्रममन्त्री बन्न सफल भएका छन्। जसले बालेन सरकारलाई सुरुमै बदनाम गराउने देखिएको छ।

46e46e11-54ae-4c20-bc57-8f3d170a8935.jpeg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077