Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निकोलस भुसाल पक्षसँग सरकारको वार्ता निष्कर्षविहीन

निकोलस भुसाल पक्षसँग सरकारको वार्ता निष्कर्षविहीन

बिहिवार , पौष १७, २०८२

काठमाडौं । विभिन्न माग राख्दै अनसनमा बसेका डा. कमल भुसाल (निकोलस भुसाल) पक्षसँग बिहीबार भएको सरकारको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।

सरकारले बिहीबारै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा। भिष्मकुमार भुसाल तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सदस्य छन् ।

उक्त समितिले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भुसाल पक्षधरहरूसँग औपचारिक वार्ता गरेको हो। तर वार्ताबाट तत्काल कुनै निष्कर्ष ननिस्किएको बताइएको छ ।

वार्तामा भुसाल पक्षबाट अजय सोडारीसहित केशवबिक्रम खड्का, एसपी शाह, विक्रम कार्की, लेनिन विष्ट, सुनिल सिंह, नर्गिस थापा, सुशील बुढाथोकी, सौरभ भण्डारी, डा. जगत विक, जितेन्द्र सिंह, विकेश साह, जुद्धबहादुर सिंह श्रेष्ठ, सुमन बोहरा, भवानी श्रेष्ठ, अभिषेक श्रेष्ठ तथा बृजन बिके सहभागी थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077