Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माइतीघरमा अनशन बसे निकोलस भुसाल, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

माइतीघरमा अनशन बसे निकोलस भुसाल, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बुधवार , पौष ९, २०८२

काठमाडौं । डा. निकोलस भुसाल आमरण अनशस बसेका छन् ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै मंगलबार रातिदेखि माइतीघर मण्डलामा उनी आमरण अनशन बसेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएका माग सम्बोधन नगरे भन्दै केही जेनजी समूह आन्दोलनमा उत्रिएका छन् । ती आन्दोलनमा समेत सहभागी भएका भुसाल ९ बुँदे आमरण अनशनमा बसेका हुन् ।

कार्की नेतृत्वको अन्तरिम सरकार हटाएर सर्वपक्षीय सरकार बनाउनुपर्ने लगायतका माग राखेर मिराज ढुंगाना, रवि किरण हमाल, भुसालसहितका युवा ३ दिनदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077