Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६ बुँदे सम्झौतापछि निकोलस भुसाल र हरिश विष्टले तोडे अनसन, प्रधानमन्त्रीले खुवाइन जुस

६ बुँदे सम्झौतापछि निकोलस भुसाल र हरिश विष्टले तोडे अनसन, प्रधानमन्त्रीले खुवाइन जुस

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन तोडेका छन् । सरकारसँग ६ बुँदे सम्झौता गरेपछि भुसाल र विष्टले ११ दिनमा अनसन तोडेका हुन् ।

बालुवाटारमा सम्पन्न सहमतिपत्रमा डा. भुसाल र विष्टका तर्फबाट तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरे ।

सम्झौतापछि प्रधानमन्त्री सुशीला कार्कीले दुवै अनशनकारीलाई बालुवाटारमै जुस खुवाएर अनसन तोडाएकी थिइन् ।

११ दिनदेखि जारी अनशनका कारण सरकारमाथि चर्किंदै गएको दबाबबीच भएको यो ६ बुँदे सम्झौतालाई आन्दोलनको औपचारिक निष्कर्षका रूपमा लिइएको छ। सहमतिपत्रमा समेटिएका बुँदाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077