Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुपन्देही–२ मा रास्वपालाई समर्थन गर्ने निकोलसको घोषणा

रुपन्देही–२ मा रास्वपालाई समर्थन गर्ने निकोलसको घोषणा

सोमवार , फाल्गुण १८, २०८२

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका डा. निकोलस (कमल) भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।

उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेललाई समर्थन गर्ने घोषणा गरेका हुन्।

डा। भुसालले नयाँ शक्तिहरूबिचको प्रतिस्पर्धाले पुराना राजनीतिक दलहरूलाई नै फाइदा पुग्ने निष्कर्ष निकाल्दै आफू पछि हटेको बताएका छन्।

‘नयाँ-नयाँको लडाइँमा पुराना शक्ति पुनः स्थापित हुने र फेरि प्रतिगमन नै हावी हुने अवस्था देखेर पुरानाभन्दा नयाँ नै आऊन् भनेर यो निर्णय लिएको हुँ,’ भुसालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

राजनीतिलाई नयाँ दिशातर्फ लैजान र वैकल्पिक शक्तिलाई बलियो बनाउन आफूले त्याग गरेको भुसालको भनाइ छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077