Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भेनेजुएलामा अमेरिकाको हस्तक्षेपको विरोधमा किमद्धारा क्षेप्यास्त्र परीक्षण

भेनेजुएलामा अमेरिकाको हस्तक्षेपको विरोधमा किमद्धारा क्षेप्यास्त्र परीक्षण

आइतवार , पौष २०, २०८२

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई अमेरिकाले अपहरण गरी लगेको घटनाप्रति उत्तर कोरियाका नेता किम जोङ उनले विरोध गरेका छन् ।

उक्त घटनापछि उत्तर कोरियाले फेरि एक पटक ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ, जसले कोरियाली प्रायद्वीपसहित आसपासका क्षेत्रहरूमा तनाव बढाएको छ ।

दक्षिण कोरिया र जापानका रक्षा अधिकारीहरूले उत्तर कोरियाद्वारा गरिएको क्षेप्यास्त्र प्रक्षेपणको पुष्टि गरेका छन् ।

यद्यपि, उक्त परीक्षणका कारण कुनै मानवीय क्षति वा भौतिक नोक्सानी भएको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार किम जोङ उनले अमेरिकाको कदमलाई 'अन्तर्राष्ट्रिय कानुन र सार्वभौमिकताको गम्भीर उल्लङ्घन' भन्दै आलोचना गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077