एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आणविक हतियारको बारेमा महत्वपूर्ण बयान दिएका छन् ।
किम जोङ उनले संसदमा दिएको भाषणमा देशले आफ्नो आणविक शक्तिलाई स्थायी रूपमा बलियो बनाउनेछ र उनी दक्षिण कोरियालाई आफ्नो सबैभन्दा ठूलो शत्रु राज्य मान्ने उल्लेख गरेका छन् ।
आणविक हतियारले युद्धलाई रोकेको र देशलाई आर्थिक विकास, निर्माण र जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्न अनुमति दिएको पनि किम जोङ उनलेवताएका छन् ।
किमले डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै अमेरिका र उसका सहयोगीहरूलाई कोरियाली प्रायद्वीप नजिकै रणनीतिक आणविक सम्पत्ति तैनाथ गरेर क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाएका छन् ।