Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देशका विभिन्न स्थानमा थप तापक्रम घट्यो, सबैभन्दा कम जुम्लामा

देशका विभिन्न स्थानमा थप तापक्रम घट्यो, सबैभन्दा कम जुम्लामा

सोमवार , पौष २१, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम घटेको छ ।

जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री घटेर आज तीन दशमलव पाँच डिग्रीमा झरेको हो ।

पुस १९ गते काठमाडौंको तापक्रम ४.५ डिग्री रहेकोमा आज बिहान ९ बजे तापक्रम ३.५ डिग्रीमा झरेको छ । हिजो यहाँको तापक्रम ४ डिग्री रहेको थियो ।

मौसमविद् विनु महर्जनका अनुसार यो तापक्रम यो वर्षकै कम भएको र तापक्रम यो जनवरी महिनामा क्रमशः घट्दो नै हुनेछ। उनका अनुसार काठमाडौंसँगै देशका धेरै ठाउँमा पनि तापक्रम घटेको छ।

विभागमा आज अभिलेख गरिएको तापक्रमको विवरण अनुसार देशभरमा सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस ६.३ डिग्री रहेको छ । पुस १९ मा जुम्लामा माइनस ४.९ डिग्री रहेको थियो ।

दुई दिनको अभिलेख तुलना गर्दा डडेलधुरामा २.७ बाट २.१ डग्रीमा झरेको छ । दिपायलमा ६ बाट आज ४.४ मा झरेको छ । वीरेन्द्रनगरमा ५ बाट ३.८ मा, घोराहीमा ८ बाट ५.७ मा पोखरामा ८.५ बाट ७.९ मा, ओखल्ढुङ्गानमा ४.९ बाट ४.३ मा झरेको छ । भने ताप्लेजुङमा, सिमरा र धनकुटामा थोरैमात्रै बढेको छ । देशमा अधिकतम तापक्रम भने २२ डिग्रीभन्दा तल नै रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा हुस्सु, पहाडमा शीतलहर र हिमाली क्षेत्रमा हिमपात रहेको र यो क्रम अझै जारी रहने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077