Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी

वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी

सोमवार , पौष २१, २०८२

वीरगञ्ज । पर्साको वीरगञ्जमा दुई समुदायबीच प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगञ्ज उपमहानगरपालिकाका चार प्रमुख नाकाभित्र सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न पूर्ण रूपमा रोक लगाइएको हो।

निषेधाज्ञा आज दिउँसो १ बजेदेखि लागू गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनका अनुसार बसपार्क (पूर्व), सिर्सिया पुल (पश्चिम), पावर हाउस चौक (उत्तर) र शंकराचार्य गेट (दक्षिण)ले घेरिएको क्षेत्रमा कुनै पनि किसिमका सार्वजनिक गतिविधि गर्न नपाइनेछ ।

धनुषाको कमला नगरपालिका–६ स्थित सखुवामा भएको हिन्दु–मुस्लिम विवादको असर वीरगञ्जमा देखिएको हो । सो घटनासँग जोडेर मस्जिद तोडफोड, आगजनीलगायतका विषयलाई लिएर आइतबार मुस्लिम समुदायले वीरगञ्जमा प्रदर्शन गरेका थिए ।

त्यसपछि सोमबार बिहानदेखि मन्दिर तथा देवी–देवतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै हिन्दुवादी समूहहरू पनि प्रदर्शनमा उत्रिएका थिए। दुबै समुदायको प्रदर्शनले सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी सूचनामा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ। प्रशासनले नागरिकलाई शान्ति, संयमता र सहयोगको अपिल गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077