Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाली सेनाको गोरखा-काठमाडौं एकीकरण पदयात्रा सुरु

नेपाली सेनाको गोरखा-काठमाडौं एकीकरण पदयात्रा सुरु

सोमवार , पौष २१, २०८२

गोरखा । नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौं शृङ्खला सोमबारदेखि सुरु भएको छ ।

यही पुस २७ गते काठमाडौंको हनुमानढोका दरबारसम्म पुग्नेगरी आज बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो।

पदयात्राको जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर नेपाली सेनाका पृतनापछि भोलानाथ थापा, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठलगायतले शुभारम्भ गरे ।

नेपाली सेनाको गोरखास्थित रुद्रध्वज गणका अधिकृत कमान्डसहितको टोलीलाई टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झन्डा प्रदान गरी पदयात्राको शुभारम्भ गरिएको सो गणका गणपति विरोध रिजालले जानकारी दिए।

उनीहरूलाई गोरखा दरबार परिसरमा एक कार्यक्रममा टर्च र झन्डा हस्तान्तरण गरेर बिदाइ गरिएको थियो।

पदयात्रामा निस्किएको टोली सोमबार पीपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटबेँसी पुगेर धादिङको नेपाली सेनाको पदयात्री टोलीलाई टर्च र झन्डा बुझाउने छ। धादिङको गणले नुवकोटको गणलाई र नुवाकोटले काठमाडौंको गणलाई यात्रा हस्तान्तरण गर्नेछ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते हनुमानढोका दरबारमा आयोजना हुने कार्यक्रमका लागि सो टोली पुस २६ साँझसम्म हनुमानढोकास्थित गुल्मलाई टर्च र झन्डा हस्तान्तरण कार्यक्रम छ।

३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077