Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाइसेन्सवाला बन्दुकले कन्चटमा गोली हानेर आत्महत्या

लाइसेन्सवाला बन्दुकले कन्चटमा गोली हानेर आत्महत्या

सोमवार , पौष २१, २०८२

काठमाडौं । भक्तपुरको ठिमी नगरपालिका ६ बस्ने सनिप चाम्लिङ राई मृत भेटिएका छन् । राइटोलस्थित साढे ४ तले घरको चौथो तल्लामा बस्ने ४० वर्षीय राई आफ्नै घरको कोठामा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार ढोकामा चुकुल लगाई आफूले आफैलाई कञ्चटमा जिएस फाइभ, जर्मन लेखेको कालो रंगको बन्दुकले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।

घटनामा प्रयोग भएको हतियार सूर्यकुमार नेम्वाङको नाममा लाइसेन्स प्राप्त रहेको पाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मृतक राई र हतियारको लाइसेन्स लिएका सूर्य नाताले साला–भिनाजु रहेको खुलेको छ । घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077