Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तराई–मधेसमा सद्भाव बिगार्ने गतिविधिप्रति गृह मन्त्रालयको कडा चेतावनी

तराई–मधेसमा सद्भाव बिगार्ने गतिविधिप्रति गृह मन्त्रालयको कडा चेतावनी

सोमवार , पौष २१, २०८२

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक मर्यादामा आँच पुर्‍याउने गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो समय तराई तथा मधेसका केही जिल्लाहरूमा सामाजिक सञ्जालको दुरुपयोग गर्दै कानुनले निषेध गरेका द्वेषपूर्ण, भ्रामक र उक्साहटपूर्ण अभिव्यक्ति दिइँदै आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने किसिमका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।'

मन्त्रालयका अनुसार पछिल्लो समयमा धनुषाका विभिन्न स्थानहरूमा निश्चित समुदाय र धर्म लक्षित गर्दै सामाजिक सञ्जालमार्फत अवैधानिक गतिविधि गर्ने, आपसी सद्भावमा खलल पुऱ्याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने तथा धार्मिक स्थलमा तोडफोड, आगजनी र लुटपाट जस्ता हिंसात्मक कार्यमा संलग्न व्यक्ति तथा समूहविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।

गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार रहन सबैलाई आग्रह गर्दै, शान्ति सुव्यवस्था भंग गर्ने कुनै पनि गतिविधि सहन नहुने स्पष्ट पारेको छ।

home-ministry-1767623851.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077