Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मादुरोको गिरफ्तारीमा चीनले भन्यो - एकतर्फी दादागिरी बन्द गर, वार्ताबाट समाधान खोज

मादुरोको गिरफ्तारीमा चीनले भन्यो - एकतर्फी दादागिरी बन्द गर, वार्ताबाट समाधान खोज

मंगलवार , पौष २२, २०८२

एजेन्सी । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले जबरजस्ती रूपमा गिरफ्तार गरेको घटनाप्रति चीन गम्भीर रूपमा चिन्तित रहेको बताएका छन् ।

बेइजिङले अमेरिकालाई मादुरो दम्पतीको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई बिनासर्त, तुरुन्त रिहा गर्न आग्रह गरेको छ ।

चीनका अनुसार कुनै सार्वभौम राष्ट्रविरुद्ध यस्तो बल प्रयोग गर्नु केवल संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन मात्र होइन, यसले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको शान्ति र स्थिरतालाई ठूलो खतरा उत्पन्न गर्छ।

यस विषयमा प्रतिक्रिया दिँदै चिनियाँ विदेशमन्त्री वाङ यीले भने, 'कुनै पनि देश विश्वको प्रहरी वा न्यायाधीश बन्न सक्दैन।'

उनले अमेरिकाको कारबाहीलाई ‘एकतर्फी दादागिरी’ को संज्ञा दिँदै कुनै देशको इच्छा अर्को देशमाथि थोपर्नु अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको ठाडो उल्लंघन भएको स्पष्ट पारे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077