Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भेनेजुएलामा डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति घोषित

भेनेजुएलामा डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति घोषित

आइतवार , पौष २०, २०८२

एजेन्सी । भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ ।

अदालतले प्रशासनिक निरन्तरता कायम राख्न, सरकारको दैनिक कामकाज अवरुद्ध हुन नदिन तथा देशको सुरक्षा सुनिश्चित गर्न रोड्रिगेजलाई अस्थायी नेतृत्व सुम्पनु अपरिहार्य भएको जनाएको छ ।

उच्च अदालतले राष्ट्रपतिको अनुपस्थितिको अवस्थामा लागू हुने संवैधानिक र कानुनी प्रावधानबारे थप स्पष्टता आवश्यक रहेको भन्दै यस विषयमा विस्तृत विचार–विमर्श अघि बढाइने जानकारी पनि दिएको छ ।

राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेर न्यूयोर्क लगेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077