Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य : शंकर पोखरेल

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य : शंकर पोखरेल

आइतवार , पौष २०, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एक देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने कार्य अस्वीकार्य भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले भेनेजुएलामा भएको भनिएको अमेरिकी हस्तक्षेपलाई संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन भनेका हुन् ।

यस्तो कदमले संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्यमाथि नै गम्भीर प्रश्न उठाउने उनको टिप्पणी छ ।

उनले लेखेका छन्, 'कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशका राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो। यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन।'

महासचिव पोखरेलका अनुसार भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको भनिएको घटनाले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077