Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्युयोर्कको अदालतमा भेनेजुएलाका राष्ट्रपति मादुरोले भने - म निर्दोष छु, अपहरण गरियो

न्युयोर्कको अदालतमा भेनेजुएलाका राष्ट्रपति मादुरोले भने - म निर्दोष छु, अपहरण गरियो

मंगलवार , पौष २२, २०८२

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफूविरुद्ध लगाइएका सबै आरोपहरू अस्वीकार गर्दै आफ्नो गिरफ्तारीलाई ‘अपहरण’ भनेका छन् ।

सोमबार राति कडा सुरक्षाका बीच न्युयोर्कस्थित संघीय अदालतमा पेश गरिएका मादुरोले अदालतमा आफूविरुद्ध लगाइएका सबै आरोपहरू अस्वीकार गर्दै यस्तो भनेका हुन् ।

सीएनएनका अनुसार, सुनुवाइका क्रममा मादुरोले न्यायाधीशलाई सिधै सम्बोधन गर्दै भने,'म निर्दोष छु। म अपराधी होइन। म एक सम्मानित व्यक्ति हुँ र अहिले पनि मेरो देशको राष्ट्रपति हुँ। मलाई अपहरण गरिएको हो।'

मादुरोका वकिलहरूले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय कानुन र कानुनी प्रक्रियाको ठाडो उल्लंघन भन्दै यसलाई ‘सैन्य अपहरण’ को रूपमा व्याख्या गरेका छन् ।

बचाउ पक्षले विदेशी भूमिमा अमेरिकी एजेन्सीहरूले अवैध रूपमा गरेको कारबाहीका आधारमा अमेरिकी अदालतको क्षेत्राधिकारलाई नै चुनौती दिने तयारी गरिरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077