Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्रम्पको निशानामा भेनेजुएलाका गृहमन्त्री, शान्ति कायम गर्न अल्टिमेटम

ट्रम्पको निशानामा भेनेजुएलाका गृहमन्त्री, शान्ति कायम गर्न अल्टिमेटम

बिहिवार , पौष २४, २०८२

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो सत्ताबाट हटाइएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ध्यान अब गृहमन्त्री तथा सुरक्षा प्रमुख डियोसदादो काबेलोतर्फ केन्द्रित भएको छ ।

अमेरिकाले काबेलोलाई अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग सहकार्य गर्दै वासिङ्टनका सर्तहरू मान्न र देशमा शान्ति कायम गर्न दबाब दिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार, काबेलोले सहयोग नगरे मादुरोजस्तै कारबाही भोग्नुपर्ने चेतावनी अमेरिकी पक्षबाट दिइएको छ। अमेरिकाले बिचौलियामार्फत काबेलोलाई सन्देश पठाउँदै, वासिङ्टनको पहलको विरोध गरे परिणाम गम्भीर हुनसक्ने संकेत गरेको जनाएको छ।

मादुरोलाई हालै अमेरिकाले पक्राउ गरी न्युयोर्क लगेर मुद्दा चलाएको पृष्ठभूमिमा काबेलोलाई दिइएको यो चेतावनीलाई भेनेजुएलाको सत्ता संरचनामा निर्णायक मोडका रूपमा हेरिएको छ।

यद्यपि, अमेरिका काबेलोलाई तुरुन्त हटाउन चाहँदैन, किनकि त्यसो गर्दा सरकार समर्थकहरू सडकमा उत्रिन सक्ने र स्थिति झनै अस्थिर बन्ने आँकलन गरिएको छ।

काबेलो भेनेजुएलाको सत्ता संरचनामा अत्यन्त शक्तिशाली व्यक्तित्व मानिन्छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077