Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन : आठ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन : आठ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

मंगलवार , पौष २२, २०८२

काठमाडौं । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गरेका हुन्।

पुनर्गठनपछि नियुक्त भएका आठ जना मन्त्रीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

यस्तै, दुई जना राज्यमन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सपथ लिएका छन्।

नव नियुक्त मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, उर्जा, खानेपानी तथा सिंचाई मन्त्री तिलचन पाठक,  उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रीमा  भीम पराजुली, आन्तरिकमामिला तथा कानुनमन्त्रीमा इन्द्रमणि पराजुली रहेका छन् ।  

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रीमा बिदुर सुब्बा लिन्थेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु रहेका छन् ।

उद्योग कृषि तथा सहकारी मन्त्रीमा  इजारयल मञ्सुरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्रीमा शोभा पालुङ्वा लिम्बु रहेकी छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077