Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ४ घाइते

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ४ घाइते

शुक्रवार , पौष २५, २०८२

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका–८ मा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

छेडागाड नगरपालिका–९ पजारुबाट थलह तर्फ आउँदै गरेको उक्त जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको जाजरकोट प्रहरीले जनाएको छ ।

चालकसहित ६ जना सवार रहेकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा छेडागाड नगरपालिका–९ पजारु की ७० वर्षीया नन्दकला अधिकारी र सोही ठाउँ बस्ने २८ वर्षीय राजु अधिकारी रहेका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा जिप चालक सोही ठाउँका २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077