Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गुप्तचर विभागमा दुई डिआइजी र तीन एसएसपीको बढुवा

गुप्तचर विभागमा दुई डिआइजी र तीन एसएसपीको बढुवा

शनिवार , पौष २६, २०८२

काठमाडौं । सरकारले गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा रिक्त रहेका पदमा दुई डिआइजी र तीन एसएसपीको बढुवा गरेको छ।

गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिको सिफारिसअनुसार शुक्रबार गृह मन्त्रीस्तरीय निर्णयबाट बढुवा गर्ने निर्णय भएको हो।

स्रोतका अनुसार डिआइजी पदमा राजन उप्रेती र नवीन अधिकारी बढुवा भएका छन्। यस्तै, एसएसपी पदमा टीका पोखरेल, टेकराज तिमिल्सिना र उत्तम खनाल बढुवा भएका हुन्।

यसअघि विभागमा लामो समयदेखि रिक्त रहेको विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा २१ पुष गते ओमबहादुर खड्कालाई बढुवा गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077