Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुप्तचरका एसपी र एसएसपीविरुद्ध गृहमन्त्रीसमक्ष उजुरी

गुप्तचरका एसपी र एसएसपीविरुद्ध गृहमन्त्रीसमक्ष उजुरी

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का केही अधिकारीको शंकास्पद गतिविधि रहेको भन्दै छानविनका लागि गृह मन्त्रालयमा उजुरी परेका छन्।

संवेदनशील पेशामा आबद्ध भएपनि दैनिक जसो विदेशीसँग भेटघाट गर्ने गरेको भन्दै उजुरी परेको हो।

विभागका एसपी बासु सिग्देल लगायतविरुद्ध उजुरी परेको बुझिएको छ । सिग्देल हालै शंकास्पद रुपमा अमेरिका गएको विषयमा पनि छानविनको माग गरिएको छ।

२ अक्टोबरमा पासपोर्ट बनाएका उनी ८ अक्टोबरमा अमेरिका गएका थिए। यती सहजै कसरी अमेरिकाको भिसा पाए भन्ने विषय शंकास्पद बनेको छ।

आफ्नो अमेरिका भ्रमणबारे उनले विभागलाई जानकारी गराएका छैनन्। सिग्देलले भने आफु बंगलादेश आएकोे भनेर साथीहरुलाई ढाँटेका छन्। उनी अप्रेसनमा कार्यरत रहेकाले महत्वपूर्ण सूचनाहरु लिक गरेको आरोप लाग्ने गरेको छ ।

त्यस्तै, विभागका एसएसपी राजन उप्रेती, एसपी राजन सापकोटा, टेकराज तिमल्सिना, पप्पु शर्मामाथि समेत छानविनको माग गरी हेलो सरकार र गृह मन्त्रालयमा उजुरी परेको छ।

हालै नयाँ सरकार बनेपछि विभागलाई गृह मन्त्रालय मातहत ल्याइएको छ। विभागमा धेरै कार्यकर्ता रहेकाले चुस्त हुन नसकेको बुझाई गृह नेतृत्वको छ ।

जसकारण खराब अधिकृतहरुलाई हटाएर सशक्त बनाउनुपर्ने माग उठेको छ । जेनजी आन्दोलनमा विभाग पूरै असफल देखिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077