Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेको दाबी: प्रतिनिधि सभा पुनस्थापनाको सम्भावना प्रबल छ

सभामुख घिमिरेको दाबी: प्रतिनिधि सभा पुनस्थापनाको सम्भावना प्रबल छ

मंगलवार , पौष २९, २०८२

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा पुनस्थापनाको सम्भावना दाबी गरेका छन् ।

मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्‍याउने काम भइरहेको बताएका हुन् ।

सभामुख घिमिरेले भने- 'भदौ २७ गते राति करिव ११ बजेको आसपासमा संसद जबरजस्त भंग गरिएको छ । संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ । तर सभामुखको संविधान र कानूनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फागुन भन्दा अगाडि फागुन ५ गतेसम्म अवधि रहेकाले गर्दा मैले सोही पदीय हैसियतमा बस्नुपरेको हो । भोली संसद पुनस्थापनाको पनि सम्भावना छ । जुन कुरा मैले अघि पनि प्रश्तुत गरिसकेको छु ।'

संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेको दोहोर्‍याए ।

साथै घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने भन्ने कुरा पनि पदीय जिम्मेवारीका कारण आफू टुंगोमा पुग्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077