Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखसँग कांग्रेसले भन्यो- निर्वाचनबाट पछि हट्दैनौँ, एमाले संसद् पुनर्स्थापनाको पक्षमा

सभामुखसँग कांग्रेसले भन्यो- निर्वाचनबाट पछि हट्दैनौँ, एमाले संसद् पुनर्स्थापनाको पक्षमा

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा राजनीतिक दलका नेताहरुसँग परामर्श गरेका छन्।

उनले आफू नेतृत्वमा संसद् पुनर्स्थापनाका लागि जाने तयारी गर्दै दलहरुसँग धारणा मागेका हुन् ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको छलफलमा सहभागी विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले निर्वाचनमा जानबाट कांग्रेस पछि नहट्ने बताएका छन्।

उनले भने- हामी निर्वाचनबाट पछि हट्ने अवस्थाबाट भाग्दैनौँ । सर्वोच्चले संसद् पुनर्स्थापन गरे सम्मान गर्छौँ ।
उनलेलोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने बताए।

सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरू चाल्ने बताए।

यस्तै नेकपा एमालेका विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक महेश बर्तौलाले भने प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको बताए ।

बर्तौलाले भने- 'अहिले देश संवैधानिक मार्गभन्दा बाहिर छ । एउटा निर्वाचन, अर्को प्रतिनिधिसभा पुनर्स्थापना नै बाटोमा ल्याउने विधि हो। निर्वाचन गराउने अवस्थामा सरकार छैन ।'

वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नगएको उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077